चुनाव जितेको १० महिनापछि सोमनाथले खाए सपथ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित सोमनाथ सापकोटाले सपथ खाएका छन्।
सापकोटालाई शुक्रवार संघको केन्द्रीय कार्यालयमा एघारौं महाधिवेशनमा निर्वाचित अध्यक्ष डा. बद्री केसीले सपथ खुवाएका हुन्।
सापकोटाले गत निर्वाचनमा महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्मा समूहको समर्थनमा चुनाव जितेका थिए।
श्रेष्ठ र शर्माले चुनावी नतिजा अस्वीकार गरेपछि भने सापकोटा संकटमा परेका थिए।
सापकोटाले संघभित्र एकता अपरिहार्य रहेको बताउँदै सर्वोच्च अदालतको फैसलालाई सबै पक्षले मानेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
त्यसो त सपथ नलिएपनि सापकोटा निर्वाचित कार्यसमितिले गर्दै आएका कार्यक्रमहरूमा सहभागी हुँदै आएका थिए।
यस्तै उपाध्यक्ष राजु रेग्मी र डा. केशव पौडेलले पनि सपथ लिन बाँकी छ। अब पनि सपथ नलिए हटाउने चेतावनी केसी समूहले दिएको छ।