टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय File Photo

काठमाडौं। सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।



No ads found for this position