भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य छैन : रवि लामिछाने

भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य छैन :  रवि लामिछाने File Photo

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन्।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच बर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन्।

लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षको हदम्याद मान्य नहुने बताएका हुन्।

यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ।



No ads found for this position