इजरायलद्धारा गाजामा ४० हजार भन्दा बढीको हत्या, ६० प्रतिशत भवन नष्ट
File Photo
गाजा। इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ।
हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो।
गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो संख्या २.३ मिलियन जनसंख्या को १.७ प्रतिशत भन्दा बढी भएको हमासको भनाई छ।
हजाराैं प्यालेस्टाइनी जनताको अनाहकमा मृत्युको साथसाथै स्याटेलाइट छवि विश्लेषणका आधारमा गाजाका लगभग ६० प्रतिशत भवनहरू युद्धबाट क्षतिग्रस्त वा नष्ट भएको जनाईएको छ।
गत केही महिनामा दक्षिणी सहर रफाहमा सबैभन्दा बढी क्षति भएको इमेजरीले जनाएको छ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर