१८ देशका राजदूतको सुनवाई भोलिदेखि

काठमाडौं। केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोलिदेखि सुनवाई सुरु हुने भएको छ।
हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन्।
उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ।
उनका अनुसार १२ः३० वाट सुरु हुनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर