परराष्ट्रसचिव लम्साल ओमान जाँदै

परराष्ट्रसचिव लम्साल ओमान जाँदै File Photo

काठमाडौं। परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने भएकी छन्।

नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ।

ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कने मन्त्रालयले जानकारी दिएको छ।