विदेश जाने याेजनामा हुनुहुन्छ? यी देशहरू उपयुक्त हुनसक्छन् परिवारसहित बस्न

विदेश जाने याेजनामा हुनुहुन्छ?  यी देशहरू उपयुक्त हुनसक्छन् परिवारसहित बस्न पोर्चुगल

लिस्वन। विदेश जाने याेजनामा हुनुहुन्छ?  यदि छ भने यो पनि विचार गर्नु जरूरी छ है, आफूमात्र गएर पनि भएन परिवारलाई पनि लैजान पर्‍यो।

परिवारसहित जान र बस्नको लागि परिवार पुनर्स्थापना प्रतिवेदनले सार्वजनिक गरेको यो रिपोर्ट पनि हेर्नुहोस्।

प्रतिवेदनले बालबालिकाको हेरचाह लागत, काम गरेको औसत वार्षिक घण्टा र शैक्षिक उपलब्धि जस्ता विभिन्न सम्बन्धित कारकहरू मूल्याङ्कन गरेर संसारभरका कुन देशहरूमा परिवारसँग विदेशमा बस्नको लागि उत्तम अवस्थाहरू छन् भनी सार्वजानिक गरेको हो।

वैदेशिक यात्राले तपाईँको जीवनमा धेरै परिवर्तनहरू ल्याउँछ। क्यारियर र जीवनको गुणस्तरमा फरकपना त ल्याउँछ नै परिवार ल्याउँदा के गर्ने भन्ने सम्म सोच्न बाध्य बनाउछ। त्यसैले आफू गएको देशले के कस्तो सेवा र सुविधा दिएको छ बुझ्न जरूरी छ।

पक्कै पनि देश छोडेर विदेशमा बस्न सजिलो छैन। परिवारलाई कहाँ राख्ने, भाषाको समस्या, स्वास्थ्य बीमा जस्ता महत्त्वपूर्ण वित्तीय कुराहरू व्यवस्थापन गर्न जरूरी छ।

यी र यस्ता कुराहरूले गर्दा कुन देश बस्नलायक छ भन्ने कुरा नेपालबाट हिँड्नु अघि नै सोच्न जरूरी छ। विश्वका केही देशहरूले आप्रवासीहरूको लागि पनि धेरै सेवासुविधाहरू दिने गरेको छ।

शीर्ष १० उत्कृष्ट देशहरूस्
पोर्चुगल
स्वीडेन
इटाली
स्पेन
फिनल्याण्ड
लाटभिया
हंगेरी
जापान
फ्रान्स
इस्टोनिया

प्रतिवेदनले पोर्चुगललाई पहिलो स्थानमा राखेको छ। पोर्चुगलमा बालबालिकाको लागि उत्तम हुने प्रतिवेदनले उल्लेख गरेको छ।

त्यस्तै प्रतिवेदनले स्विडेनलाई दोस्रो नम्वरमा राख्दै अन्य देशहरूको तुलनामा राम्रो काम-जीवन सन्तुलनलाई राख्ने जनाएको छ।

न्यानो भुमध्यसागरिय देश इटाली जुन लोकप्रिय छुट्टिको गन्तव्य पनि हो, त्यसलाई प्रतिवेदनमा तेस्रो देशमा छनोट गरेको छ।

विश्व-स्तरीय विश्वविद्यालयहरू समेत रहेको इटालीमा तपाईको बालबच्चाले भविष्यमा धेरै अवसरहरू पाउने उल्लेख छ।

यो प्रतिवेदन बालबालिका हेरचाह लागत, शीर्ष विश्वविद्यालय, आमा बुबाको विदा, औसत काम गर्ने घण्टा, एकतर्फी उडानको लागत, सहरको केन्द्र भित्र र बाहिर भाडा मूल्य र औसत उपयोगिता मूल्यको आधार लिएर सर्वेक्षण गरिएको थिया