कोरियामा लुम्बिनी प्रदेशका युवाहरू संगठित, हिमाल खनालको नेतृत्वमा कार्यसमिति चयन

कोरियामा लुम्बिनी प्रदेशका युवाहरू संगठित, हिमाल खनालको नेतृत्वमा कार्यसमिति चयन

सौल। दक्षिण कोरियामा रहेका लुम्बिनी प्रदेशका युवाहरू संगठित भएका छन्।

आइतबार दोङदेमुनमा भएको प्रथम भेलाले अर्घाखाँचीका हिमाल खनालको नेतृत्वमा लुम्बिनी प्रदेश समाज गठन गरेको हो।

रोजगारी, अध्ययन तथा व्यवसायको सिलसिलामा दक्षिण कोरिया आइपुगेका लुम्बिनी प्रदेशका युवाहरूलाई संगठित बनाउन यो संस्था स्थापना गरिएको बताइएको छ।

दक्षिण कोरियामा लुम्बिनी क्षेत्रका युवाहरूको संख्या ठूलो छ। यो समाजको मुख्य उद्धेश्य कोरियामा कार्यरत नेपालीहरूलाई समस्या परेका बेला सहयोग गर्नु रहेको छ। यस्तै, नेपालमा आउने दैविक प्रकोप, प्राकृतिक विपत्ति र गरिब दुखिका समस्यामा हातेमालो गर्नु रहेको समाजले जनाएको छ।

यसैगरी समग्र लुम्बिनी प्रदेशमा कोरियामा नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई भित्र्राउन पनि समाजले भूमिका खेल्ने अध्यक्ष खनालकोे भनाइ छ।

‘लुम्बिनी प्रदेशका धेरै यहाँ कार्यरत छौँ। वार्षिक करोडौं रेमिट्यान्स यहाँबाट देशमा भित्रिएको छ। यहाँबाट पठाएको रेमिट्यान्स उचित क्षेत्रमा सदुपयोग कसरी गर्ने भन्ने पनि चिन्ता छ। लुम्बिनी क्षेत्रको समृद्धीमा काम गर्ने योजना हो,’ उनले भने।

यस्तो छ कार्यसमिति



No ads found for this position