जेनेभा लागे श्रममन्त्री डोल प्रसाद
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन्।
मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन्।
११ जुनमा मलेसियाका मानव शंसाधन मन्त्री र कतारका श्रम मन्त्रीसँग दुई पक्षिय भेट गर्नेछन्।
त्यस्तै, १४ जुनमा कोरियाका रोजगार तथा श्रम मन्त्रीसँग दुई पक्षीय भेट गर्नेछन्।
सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन्।
सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन्।
नेपालका तर्फबाट उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने छन्।
३ जुन देखि शुरु भएको सम्मेलन १४ जुनमा सकिनेछ.