एसीसी प्रिमियर कप हङकङमाथि नेपालको सानदार जित

एसीसी प्रिमियर कप हङकङमाथि नेपालको सानदार जित File Photo : Asian Cricket Council

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २१ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको थियो। बर्षाले प्रभावित भएपछि यो खेल १८/१८ ओभर खेलाइएको छ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २/२ तथा करण केसीले एक विकेट लिएका थिए।

यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ। नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो। ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ।