हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य Photo : ACC

काठमाडौँ। हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो।

बर्षाले प्रभावित भएपछि यो खेल १८(१८ ओभर खेलाइएको छ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २/२ तथा करण केसीले एक विकेट लिएका थिए।



No ads found for this position