थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई ‘याेङ अचिभर´ अवार्ड

थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई ‘याेङ अचिभर´ अवार्ड

बैंकक। थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लोकेन्द्र ओलीले ‘याेङ अचिभर´अवार्ड प्राप्त गरेका छन्।

ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन्।

परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध छन्।

बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीरोज लाखनाडिसोरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो।

ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएको हो। यो हरेक वर्ष हुँदै आएको छ। युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन्।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म हो।

नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ।

यसपटक एआई प्लेटमफर्मको विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए।