दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना

दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना File Photo

काठमाडौँ। इजरायली सेना दक्षिण गाजाको खान युनिस सहरबाट पछि हटेको छ। इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो।

यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन्। युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो।

अमेरिकी मिडिया न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले खान युनिसमाथि ४ महिनाअघि हमला गरेको थियो। यसैबीच, सहर फर्केका मानिसहरूले चारैतिर फोहोर मात्रै देखिने गरेको बताउँछन्।

सेनाको पछि हटेको सुनेपछि खान युनिस फर्केकाले कुनै सहर बाँकी नरहेको र भग्नावशेष मात्रै देखेको बताएका छन्।

२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपाची शुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ३३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसमा १३ हजारभन्दा बढी बालबालिका छन्। अल जजीराको रिपोर्ट अनुसार हरेक दिन करिब १८० जनाको मृत्यु भैरहेको छ। ७५ हजारभन्दा बढी घाइते भएका छन्।



No ads found for this position