मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु

काठमाडौँ। अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ।

बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो।

स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो। नाम्पुला सचिव जेमे नेटोले डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो। यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरेका थिए।

घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ।



No ads found for this position