८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स फाईल फोटो

काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको  रेमिट्यान्स  भित्रिएको छ।

विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ।