फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग खेल्दै

फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग खेल्दै File Photo

काठमाडौँ। भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ। गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २स् ४५ बजेदेखि शुरु हुदै छ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ। नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो।

त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन।

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ। त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।



No ads found for this position