हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै अमेरिका

हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै अमेरिका File Photo

वासिंगटन डिसी। अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ।

हालै हङकङमा पारित भएको एक बिधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो।

अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ।

अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा  देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरे पछि यो कदम चालेको हो।

संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने  जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ।

चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएको केही दिनपछि अमेरिकाले यो कदम चालेको हो।

सो नयाँ कानूनको धारा २३ मा उल्लेख गरिएको ब्यवस्था अनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोह, जासूसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जस्ता अभियोगको सामना गर्नु पर्ने हुन्छ।

नेतृत्वप्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानून हङकङ भित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ।’

जसका कारण हङकङका धेरै अधिकारीहरूलाई अधिकार र स्वतन्त्रता दिन नखोजको कारणको जिम्मेवार रहेको ठहर गर्दै नयाँ भिसा प्रतिबन्ध लगाउने कदम चालिरहेको छौं, ब्लिन्केनले भने।

बेलायतले १९९७ मा सो शहर चीनलाइ हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शाषित क्षेत्रको रूपमा रहदैँ आएको छ।



No ads found for this position