दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश File Photo

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सञ्चालन अनुमति दिन सरकारका नाममा आदेश दिएको हो।

प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो।

प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट प्रसाईंले रिट दायर गरेका थिए।