रङहरूको पर्व होली किन मनाइन्छ ?

रङहरूको पर्व होली किन मनाइन्छ ? File Photo

काठमाडौं। आज होली अर्थात् ‘रङहरूको पर्व’। यसदिन मानिसहरु एकअर्कालाई रङ लगाइदिएर खुशी साटासाट गरी मनाउने गर्छन्।

विजयको प्रतीकका रूपमा मानिने होलीलाई खुशीका साथ मनाइने गरिन्छ। त्यसैले आज होली मनाउनका लागि युवायुवतीहरू रङलगायत सेता ‘टिसर्ट’हरु किनिरहेका छन्। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वको छुट्टै पौराणिक कथा छ। जुन हिरण्यकश्यपसँग जोडिएको छ।

यस्तो छ होलीको इतिहास

हिरण्यकश्यप प्राचीन भारतका एक राजा थिए। जो आफ्नो भाईको मृत्युको बदला लिन चाहन्थे। जसलाई स्वंयम भगवान विष्णुले मारेका थिए।

हिरण्यकश्यप आफूलाई शक्तिशाली बनाउनका लागि तपस्या गरे। जसकारण उनले वरदान प्राप्त गरे। उनले आफूलाई नै भगवान ठाने र अन्य मानिसहरुलाई आफ्नो पूजा गर्न दबाब दिन थाले।

तर उनका छोरा थिए–प्रहलाद। जो उनको नभई भगवान विष्णुको भक्त थिए। उनी आफ्नो पिताको नभई भगवान विष्णुको पूजा गर्थे।

छोराले आफ्नै पूजा नगरेको देख्दा उनलाई खुबै रिस उठ्न थाल्यो। त्यसैले उनले प्रहलादलाई मार्ने निर्णय बनाए।

उनले आफ्नी बहिनी होलिकालाई प्रहलादलाई आफ्नो काखमा राखेर आगोमा बस्न आग्रह गरे। किनकी होलिका जस्तोसुकै आगोमा पनि जल्न सक्दिन थिइन्। उनले आगोमा नजल्न भगवानबाट नै वरदान पाएकी थिइन्।

त्यसैले हिरणकश्यपको योजना थियो–प्रहलादलाई जलाउने। तर उनको योजना सफल हुन सकेन। आगोमा बसेका प्रहलादले मात्र भगवान विष्णुको नाम जपिरहे।

जसकारण उनको ज्यान जोगियो र होलिका जलेर खरानी भइन्। होलिकाको यो हारलाई राम्रोको प्रतीक मानिन थालियो।

उनले छोराप्रति गरेको यस्तो निर्दयी कार्यपछि भगवान विष्णुले हिरण्यकश्यपको ज्यान लियो। प्रहलादलाई मार्नका लागि होलिकाले आगोमा बसाएका कारण होलीलाई होलिकासँग जोडिने गरिन्छ।

होलीमा किन खेलिन्छ रङ

यो कहानी भगवान विष्णुको अवतार कृष्ण भगवानसँग जोडिएको छ। भनिन्छ कि, भगवान कृष्ण रङबाट होली मनाउने गर्थे। उनी वृदावन र गोकुलमा आफ्नो साथीहरुसँग होली मनाउने गर्थे। त्यसैले होलीलाई रङको पर्व मानिन्छ।

होलीको रङ

पहिले होलीमा खेलिने रङ फूलबाट बनाइने गरिन्थो। जसलाई ‘गुलाल’ भनिन्थ्यो। त्यो छालाका लागि पनि निकै राम्रो थियो। किनकी त्यसमा कुनै केमिकल हुँदैन थियो। तर समयको चक्र जस्तै रङको परिभाषा नै बदलियो। आजको दिनमा रङमा रसायन मिसाएर प्रयोग गरिन्छ। जसले छालालाई नराम्रोसँग असर गर्छ।

होलीको महत्व

हाेली अर्थात् विजयीको प्रतीक। नराम्रोप्रति राम्रोको विजयी। यस पर्वले मानिसलाई दुखमा लड्न सिकाउँछ। होलीले एकअर्कामा सम्बन्ध सुमधुर बनाउँछ। होलीले समाजमा भएको नराम्रो पक्षलाई टाढा भगाउन महत्व भूमिका खेल्दछ।