सरकार र सहकारी पीडितबीच वार्ता हुँदै

काठमाडौं। सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदैछ।
वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।
सहकारी पीडीतहरुसँगको वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे सह–संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
वार्तामार्फत सहकारी क्षेत्रमा देखिएका समस्या, निक्षेपकर्ताको रकम फिर्तालगायत यावत् समस्या समाधानका लागि पहल हुने जानकारी दिइएको छ।