सुन तस्करी प्रकरण : सीआईबी प्रमुखलाई तानियो हेडक्वार्टर, ज्ञवालीलाई दिइयो जिम्मेवारी

सुन तस्करी प्रकरण : सीआईबी प्रमुखलाई तानियो हेडक्वार्टर, ज्ञवालीलाई दिइयो जिम्मेवारी

काठमाडौँ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ।

एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो।

बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन्।

ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए।



No ads found for this position