इजरायलले ‘केयर गिभर’बाहेक अन्य क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग काठमाडौंस्थित इजरायली राजदूत हनान गोडेरले भेटवार्ता गरेका छन्।
भेटमा राजदूत गोडेरले अहिले जीटुजी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरू इजरायल गइरहेकोमा भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य क्षेत्रमा समेत लैजाने प्रतिबद्धता जनाए।
उनले गाजा क्षेत्रमा जारी द्वन्दको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरूका परिवारलाई क्षतिपूर्ति बापत मासिक रुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णयबारे पनि जानकारी गराए।
इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागहरुको आधारमा नेपाली श्रमिकहरुलाई पठाउने विद्यमान प्रकियालाई आगामी दिनहरुमा छिटो छरितो र सरलीकरण गर्दै लगिने मन्त्री अर्यालको भनाइ थियो।