आईसीसी अध्यक्ष ग्रेग नेपाल आउने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन्।
नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन्।
चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ।
उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन्।
उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो।
अध्यक्ष बार्क्लेले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आईसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन्।
बार्क्ले सन् २०२२ मा आईसीसीको नेतृत्वमा आएका हुन्।
न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्क्लेले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए।
व्यावसायिक पृष्ठभूमिका बार्क्लेले आईसीसीमार्फत सदस्य राष्ट्रहरूको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन्।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
