पिएनजीसँग नेपालकाे लज्जास्पद हार

पिएनजीसँग नेपालकाे लज्जास्पद हार

काठमाडौँ । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ।

हङकङमा जारी टी -२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए।

योबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए।

त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २९२ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३९३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए।

यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ।