टि- २० सिरिजको उपाधिका लागि पिएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं। हङकङमा जारी त्रिकोणात्मक टि– २० आई सिरिजको उपाधिका लागि आज (बुधबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।
सिरिजमा नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।
पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले आयोजक हङकङसँग अंक बाँडेको थियो। भने, दोस्रो खेलमा मंगलबार पिएनजीमाथि ८५ रनको जित निकालेको थियो।
त्यस्तै पहिलो खेलमा नेपालसँग पराजित भएको पिएनजी मंगलबार नै दोस्रो खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर