नेपालले पीएनजीलाई ८६ रनले हराउँदै फाइनलमा

नेपालले पीएनजीलाई ८६ रनले हराउँदै फाइनलमा Photo : Cricket Hong Kong, China

काठमाडौँ। नेपालले पीएनजीलाई पराजित गरेको छ। हङकङमा जारी टी(२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो।

पिएनजीका लागि हिरी हिरीले सर्बाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए। त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए।

त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए।

यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ। नेपालको २ खेलमा ३ अंक भएको छ। अब आजै हुने हङकङ र पीएनजीबीचको खेलको विजेताले नेपालसँग फाइनलमा बुधबार खेल्ने छ।