अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप

काठमाडौँ। अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ।
सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २–० ले जितेको हो ।
न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
अस्ट्रेलियाको जितका लागि एलेक्स केरीले अविजित ९८ र पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए।
यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २५६ रन बनाएको थियो। त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो।
योसँगै अस्ट्रेलियाले सिरिज २–० ले जितेको छ। यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सिरिज न्यूजील्याण्डका माट हेनरी बनेका छन्।
हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
