नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध

नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध

काठमाडौँ । नेपाल र हङकङबीचको टी–२० खेल वर्षाले प्रभावित भएपछि खेल रद्ध भएको छ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो।

लगातारको वर्षापछि खेल निर्धारित समयमा सुचारु हुन नसकेपछि खेल रद्ध भएको छ र दुवै टिमले एक एक अंक बाँडेका छन्।

यस त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन्।

१३ मार्चमा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्नेछ।