हङकङसँगको मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित

हङकङसँगको मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित Photo : Cricket Hong Kong, China

काठमाडौं। हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ।

शनिबार घरेलु मैदान हङकङमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ।