नयाँ गठबन्धनका तीन बिना बिभागीय मन्त्रीले लिए सपथ

काठमाडौं। तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो। शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ।
No ads found for this position