कांग्रेसका मन्त्रीले राजीनामा नदिने

कांग्रेसका मन्त्रीले राजीनामा नदिने File Photo

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन्।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने बताएका हुन्।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन्। सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताएका हुन्।

कांग्रेसका मन्त्रीले राजीनामा नदिनेबारे जानकारी दिँदै उनले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।’



No ads found for this position