उच्च अदालत पुगे सन्दीप

उच्च अदालत पुगे सन्दीप File Photo

काठमाडौं। बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँकाे फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्।

पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे।

जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै कानुन व्यवसायीसहित उनी उच्च अदालत पुगेका हुन्।

पुस १३ न्यायाधीश ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे। बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई पुष २५ गते ८ वर्ष कैद सजाय सुनाइएकाे थियाे।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कारको उजुरी परेपछि साेही वर्ष असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।



No ads found for this position