जापानमा ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाली युवा पक्राउ

जापान। जापानमा व्यापारी महिलालाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक नेपाली युवालाई प्रहरीले पक्राउ गरेको छ।

जापानको शिजूओकामा ३८ वर्षीया व्यापारी महिलालाई ज्यान मार्ने र उनको परिवारमा क्षति पुर्‍याउन म्यासेन्जरबाट धम्की दिएको आरोपमा प्रहरीले २९ वर्षीय नेपाली युवा राजन दुलाललाई पक्राउ गरेको हाे।

१७ जनवरीको मध्यराति दुलालले ती महिलालाई म्यासेस पठाएर धम्की दिएको शिजुओका सिन्बुनले समाचार छापेको छ।

दुलाल हाल जापान प्रहरीकाे हिरासतमा छन्।

उनलाई १९ जनवरीमा सिजुओका चुओ प्रहरी चौकीले सिजुओका सिटीको आओइबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले केही आरोप अस्वीकार गरेका छन्। प्रहरीले यस घटनामा पारस्परिक सम्बन्धमा समस्या आएको निष्कर्ष निकालेको छ।



No ads found for this position