माल्दिभ्सबाट ८ नेपालीलाई डिपोर्ट

काठमाडौं। माल्दिभ्स सरकारले ८ जना नेपालीसहित १८६ विदेशीलाई देश निकाला गरेको छ।
माल्दिभ्सको गृह मन्त्रालयका अनुसार उनीहरूलाई लागु औषधको व्यापार र भिसा दुरुपयोग गरेको आरोप प्रमाणित भएपछि डिपोर्ट गरिएको हो।
समाचार एजेन्सीहरूले जनाएअनुसार माल्दिभ्सले देश निकाला गरेकाहरूमा सबैभन्दा धेरै बङ्गालादेशका नागरिक ८३ जना छन्। त्यसपछि ४३ जना भारतीय, २५ श्रीलङ्कन र ८ जना नेपाली नागरिक छन्।
उनीहरूलाई कहिले सम्बन्धित देशमा पठाउने भन्नेबारेमा भने सरकारले स्पस्ट पारेको छैन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर