अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा File Photo

काठमाडौं। अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ। विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेवाअवधिको समय विभागले बढाएको हो।

साताको सात दिन नै बिहान ८ बजेदेखि र राति ८ बजेसम्म सेवा दिइने भए पनि सार्वजनिक बिदामा भने बिदा रहने विभागले जनाएको छ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ।