विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

काठमाडौं। फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ।

स्टेडियमको नामः स्टाडियो एजटेका

स्थानः मेक्सिको सिटी, मेक्सिको

क्षमताः ८३ हजार 

स्थापितः १९६६

विश्व फुटबल संघ (फिफा)ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकोको राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो।

आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ।

यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७० र १९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ। जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ।

यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समारोह यही हुनेछ।

विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू  मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएको छ।