व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो।

काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन्। उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणलमा पक्राउ गरिएको बताइएको छ।

बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो।



No ads found for this position