सुदुरपश्चिममा लगानी गर्न एनआरएनए तयार

सुदुरपश्चिममा लगानी गर्न एनआरएनए तयार

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ।

संघको केन्द्रीय कार्यालय वालुवाटारमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा छलफल भएको हो।

मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउँदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे।

उनले यसअघि एनआरएनएले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष डा.केसीले आगामी दिनमा प्रदेश सरकारसँग आफूहरूले मिलेर काम गर्ने नीति लिएको बताए।

सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा लगानी र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता उनले जनाए।

छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो।