पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

पत्रकार सम्मेलन गर्दै रवि लामिछाने File Photo

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पटक पटक आफ्नो नाम जोडेर समाचार आएपछि साँझ पत्रकार सम्मेलन गर्ने भएका छन्।

विभिन्न सञ्चार माध्यममा सहकारीको करोडौँ रकम ठगी गरेको समाचार आएपछि उनले समाचारको खण्डन गर्न आजै साँझ पत्रकार सम्मेलन गर्न लागेका हुन्।

सहकारीको रकम हिनामिनामा आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै उनले पहिलेदेखि जे भन्दै आएको, अहिले पनि त्यसैमा अडिग भएको बताए।

सोही समाचारलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले आफूलाई गाली गर्न कोही छुट्नु भो कि भन्दै व्यंग्य पनि गरेका छन्।

‘गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौँ है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।