देशविदेशको अध्ययन केन्द्र बन्दै भक्तपुर

देशविदेशको अध्ययन केन्द्र बन्दै भक्तपुर

भक्तपुर। देशविदेशका लागि भक्तपुर अध्ययन केन्द्र जस्तै बन्न थालेको छ। देशकै सवैभन्दा सानो जिल्लाको सवैभन्दा सानो भक्तपुर नगरपालिकामा दैनिक देशविदेशबाट अध्ययन भ्रमण गर्न आउनेहरुको लर्कोले यस्तो देखिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालु आथिएक वर्षको साउन १ देखि पुस २३ गतेसम्ममा यस नगरपालिकामा चीन, जापान, नर्वे, जर्मनी, क्यूवा, लक्जमवर्ग, घाना, तान्जानिया, अर्जेन्टिना, बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लाओस र भारतलगायतका २० वटा प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाको अध्ययन र अवलोकन भ्रमण गर्नुका साथै आफूसँंग शिष्टाचार भेटघाट गरेको जानकारी गराए। नगरपालिकाको १५ औं नगरसभामा प्रगति विवरण पेश गर्दै उनले देश र विदेशमा रहेका स्थानीय निकायका प्रतिनिधिहरु भेटन आउनेहरुको क्रम पछिल्ला वर्षहरुमा निरन्तर हुँंदै आएको जानकारी गराए।

२०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स(छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, साउन ८ गते चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोरङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले र कार्तिक २६ गते चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव  वाङ च्युनचङले नगरपालिकामा आई नगरपालिकाले गर्दै आएका विभिन्नन नमूना कार्यहरुको अवलोकन भ्रमण गरेको जानकारी गराए।

साथै सोही अवसरमा उनीहरुले नेपाल मजदुर किसान पार्टीका अधयक्ष नारायणमान बिजुक्छेँ ९रोहित० सित भेटघाट गरी दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तारकाबारेमा छलफल गरेको पनि जानकारी गराए। सो क्रममा उनीहरुले भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्रलगायतको भ्रमण गरेको पनि उनले स्मरण गरे।

त्यस्तै २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डलगायतले भक्तपुरको अवलोकन भ्रमण गरेको र मंसिर ३ गते चिङकाङशान नगरपालिकाका उपप्रमुख ह्वामिङले पनि यस नगरपालिकाको भ्रमण गरेको उनले जानकारी गराए। मंसिर २६ गते भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना भएको उनले सम्झे।

पछिल्लो दोस्रो कार्यकालमा ७५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको प्रतिनिधिमण्डलले यस अवधिमा भक्तपुर नगरपालिकाको अध्ययन÷अवलोकन भ्रमण गरेको रेकर्ड रहेको उनले जनाए। यस अवधिमा संघीय र प्रदेश सरकारका २० वटा प्रतिनिधिमण्डलले नगरपालिकाको भ्रमण गरेको जानकारी पनि उनले लिखित रुपमा दिए।

अवलोकन भ्रमणमा आउनेहरुले विशेष गरेर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरु, अस्पतालहरु अवलोकन भ्रमण गर्ने र यसबारे बुझने गरेका छन्। शिशु स्याहार केन्द्रदेखि विभिन्न विषयका कलेजहरु सञ्चालन गर्ने भक्तपुर देशको एकमात्र नगरपालिका रहेको बताइन्छ। देशभर सात सय ५३ वटा स्थानीय निकायहरु रहेका छन्।