३४ वर्षका अटल फ्रान्सका प्रधानमन्त्री

काठमाडौं। फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोले ३४ वर्षे एकजना युवालाई आफ्नो सरकारको प्रधानमन्त्रीका रुपमा अघि सारेका छन्।
आगामी जुनमा हुने युरोपेली संसदको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीसहित अब फ्रान्सका गाब्रिअल अटलले आफ्नो कार्यभार सम्हाल्नेछन्।
फ्रान्सेली राजनीतिक इतिहासमा अहिलेसम्मकै उनी कान्छो प्रधानमन्त्री हुनेछन्।
यसअघि करिब २० महिना कार्यकाल सम्हालेकी प्रधानमन्त्री एलिसावेथ बोर्नले राजीनामा दिएपछि राष्ट्रपति म्याक्रोनले नयाँ पुनर्संरचनासहित सरकार बनाउन लागेका हुन्।
२९ वर्षमै शिक्षामन्त्री भइसकेका अटल फ्रान्सेली सरकारमा नेतृत्व गर्ने पहिलो ‘समलिङ्गी’ पनि हुन्।
सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबिअस ३७ फ्रान्सका प्रधानमन्त्री भएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर