रूस–युक्रेन युद्धमा थप ३ नेपालीकाे मृत्यु

रूस–युक्रेन युद्धमा थप ३ नेपालीकाे मृत्यु File Photo

काठमाडौं। रूस–युक्रेन युद्धमा परी थप मृत्यु भएका तीन नेपालीको मृत्यु भएको छ।

रूसी सेनामा कार्यरत रही युद्धमा होमिएका थप तीन नेपाली युवाको मृत्यु भएको हाे।

परराष्ट्र मन्त्रालयकाअनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् ।

याेसँगै रोजगारीका लागि रूसी सेनामा भर्ना भएका नेपालीको मृत्यु हुनेको संख्या १० पुगेको छ।

यसअघि रूसी सेनामा कार्यरत स्याङ्ज्याका प्रितम कार्की, दोलखाका  राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, इलामका गंगाराज मोक्तान,  कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया  र कुन्दन सिंह नागलको मृत्यु भएको थियो।

रूसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन्।

यो तथ्यांक परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको मात्र हो।

रूसमा रहेका नेपालीले युद्धमा मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताउँछन्।

अवैध बाटो हुँदै दलालको चङ्गुलमा फसेर हजारौँ नेपाली रूसी सेनामा पुगेको बताइन्छ।