इपिएस घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्छौँ : गृहमन्त्री

इपिएस घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्छौँ : गृहमन्त्री

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले छानबिन समितिले गरेको छानबिनका क्रममा देखापरेका सबै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘यो घटनाको सबै सेरोफेरोमा छानबिन समितिले छानबिन गर्नेछ, जो जो दाषी देखापर्छन्, ती सबैलाई कानुनको दायरामा, कारबाहीको दायरामा ल्याइनेछ र त्यो प्रतिवेदन कार्यान्वयन गरिनेछ’, उनले भने।



No ads found for this position