गाजामा इजरायली हमला ब्यापक भए पछि १ लाख मानिस रफाहतर्फ सरे : राष्ट्रसंघ

गाजामा इजरायली हमला ब्यापक भए पछि १ लाख मानिस रफाहतर्फ सरे : राष्ट्रसंघ File Photo

गाजा। विगत केही दिनमा एक लाख मानिस रफाह तर्फ लागेका छन।

संयुक्त राष्ट्र संघको मानवीय मामिलाको समन्वयको कार्यालयका अनुसार विगत केही दिनमा गाजा पट्टीको सुदूर दक्षिणमा अवस्थित रफाह सहरमा कम्तिमा १ लाख मानिस सरेको अनुमान गरिएको छ।

इजरायली गोलाबारी र हवाई हमलाहरू गाजाको दोस्रो ठूलो सहर खान युनिस र दक्षिणमा अन्य ठाउँमा र वरपर तीव्र रूपमा भए पछि उनीहरू रफाहतर्फ सरेका हुन्।