इपिएस आन्दोलन : २ युवकको ज्यान गयो

इपिएस आन्दोलन : २ युवकको ज्यान गयो

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिए।

उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

आन्दोलन उग्र भइरहेको बेला उनले प्रहरीलाई ढंगामुढा गरेका थिए। सोही क्रममा प्रहरी आन्दोलनकारीलाई तिरबितर बनाउन अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा‍‍.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए।