ललितपुर आन्दोलन : २३ वर्षीय राउतको मृत्यु

ललितपुर आन्दोलन : २३ वर्षीय राउतको मृत्यु

ललितपुर । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाहरूले गरेको आन्दोलनमा २३ वर्षीय राउतको प्रहरीले बोकेको बन्दुकको कुना लागेर मृत्यु भएको हो।

बन्दुकको कुना लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। दैलेख घर भएका सुजन आन्दोलनकारीहरूको भीडमा नारा लगाइरहेका थिए।

आन्दोलन उग्र भइरहेको बेला उनले प्रहरीलाई ढंगामुढा गरेका थिए। सोही क्रममा प्रहरी आन्दोलनकारीलाई तिरबितर बनाउन अश्रुग्यास प्रहार गरेको थियो।

आन्दोलित युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीसमेत गरेका थिए।

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए।

यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ।