प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने भएकाे छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनर्संरचना सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत निर्णय गरेकाे हाे।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछ।

कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन उनले बताइन्।

यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णयसमेत गरेकाे छ।