मानव तस्करीको आशंकामा तीन दिनदेखि फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो
पेरिस। तीन दिनदेखि फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ।
मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि उडेको उडान अचानक रोकाइएको थियो। उक्त विमानमा ३०३ जना यात्रु सवार थिए, जसमा अधिकांश भारतीय थिए।
भारत सरकारले बिमानले छुटकारा पाए पछि सो विषयमा फ्रान्सलाई धन्यवाद दिएको छ। फ्रान्सस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘यसलाई यथाशीघ्र समाधान गरेकोमा फ्रान्सेली सरकार र वात्री विमानस्थललाई धन्यवाद,’ दूतावासले थप भनेको छ, ‘हामी सुरक्षित फिर्ताका लागि साइटमा उपस्थित रहेका छौं।’
रोमानियाली एयरलाइन लिजेन्ड एयरलाइन्सका वकिल लिलियाना बाकायोकोले भने कि विमान भाडामा लिएको साझेदार कम्पनीले प्रत्येक यात्रुको पहिचान कागजातहरू प्रमाणित गर्न जिम्मेवार थियो र उडान हुनुभन्दा ४८ घण्टा अघि यात्रुहरूको राहदानी जानकारी एयरलाइनलाई पठाएको थियो। तर, यसरी सवार यात्रीहरूलाइ मानव तस्करी गरेको शंका गरिए पछि उक्त बिमानलाइ तीन दिनसम्म फ्रान्समा राखिएको थियो।
लामो अनुसन्धान पछि फ्रान्सले उक्त बिमानमा सवार यात्रुको चेकजाँच गरे पछि सोमवार साँझ मुम्बइ उडानका लागि अनुमति दिएको हो। फ्रान्समा मानव बेचबिखनमा २० वर्षसम्मको सजायको व्यवस्था छ।
फ्रान्सेली अधिकारीहरूले रोमानियाली कम्पनी ‘लेजेन्ड एयरलाइन्स’ द्वारा सञ्चालित ब्घद्धण् विमान आइतबार (डिसेम्बर द्दद्ध) मा पुनस् उडान गर्न अनुमति दिए।
दुबई, संयुक्त अरब इमिरेट्सबाट ३०३ यात्रु लिएर निकारागुआका लागि उडेको एउटा उडानलाई शुक्रबार (डिसेम्बर २२) पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भिट्री विमानस्थलमा मानव तस्करीको आशंकामा रोकिएको थियो।