प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै 

प्रधानमन्त्री  प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको दिन मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 



No ads found for this position