भारतमा फेरी फैलियो कोरोना, ४ को मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली। भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ।
कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो।
भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ।
साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।